शिवगान ( महाशिवरात्री विशेष ) रमेश समर्थन
खबर पालिका
२०७९ फागुन ६ गते १२:३८

नमः ॐ शिवाय नमः ॐ शिवाय
प्रभुलाई भेट्न प्रभुभक्त आए
गुँजाएर गाना नमः ॐ शिवाय ।नमः ॐ शिवाय
न धनको छ तृष्णा न ता मोह केही
सफल जन्म हुन्थ्यो महाज्योति पाए । नमः ॐ शिवाय
हे कैलासवासी तिमी प्रेमराशि
म सम्पन्न हुन्थें नजर ती फिराए । नमः ॐ शिवाय
महादेव शम्भो महारुद्र शङ्कर
विपद् भो जगत्मा रहेनन् उपाय । नमः ॐ शिवाय
उघारेर नेत्र यो संसार हेर
प्रभुलाई छोडी अरू को सहाय ? नमः ॐ शिवाय
यताबाट आए उताबाट आए
जताबाट आए यही गीत गाए ।
नमः ॐ शिवाय नमः ॐ शिवाय
तिलोत्तमा नगरपालिका, रुपन्देही




Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =