चार जिल्लाका संस्थापक प्रिन्सिपलको एक दिवसीय तालिम वीरगंजमा सम्पन्न
खबर पालिका
२०७९ फागुन ८ गते १८:५०

पर्सा फाल्गुन ८,

नेशनल प्याब्सन मधेश प्रदेश समितिद्वारा आयोजित प्रदेश स्तरीय पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाका संस्थापक तथा प्रिन्सिपलहरुको एक दिवसीय विद्यालय व्यवस्थापन तथा नेतृत्व तालिम वीरगंजमा सम्पन्न भएको छ । नेशनल प्याब्सन मधेश प्रदेश अध्यक्ष डा। नन्दन यादवको सभापतित्व, मधेश विश्व विद्यालयका उपकुलपति डा। दिपक शाक्यूको प्रमुख आतिथ्य तथा वीरगन्ज महानगरपालिका शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णको विशिष्ट आतिथ्यमा आइतवार वीरगन्जमा सम्पन्न भएको छ । करिब २०० जना संस्थापक प्रिन्सिपलहरुको सहभागिता रहेको कार्यक्रममा नेशनल प्याब्सनका पूर्व सचिव नारायण शर्मा, केन्द्रीय सदस्य इन्द्रदेव शाह, प्रदेश सचिव जितेन्द्र प्रसाद यादव, कोषाध्यक्ष रामयश झा, सदस्यहरु मोतिबुल राइन, मालती कुमाल, विजय यादव, राजु कार्की, चन्दन यादव, सन्तु जयसवाल, पर्सा जिल्ला अध्यक्ष राम कुमार श्रेष्ठ, बारा जिल्ला अध्यक्ष प्रभु लाल कुशवाहा, रौतहट जिल्ला अध्यक्ष बिगन राय, सर्लाही जिल्ला अध्यक्ष युवराज भुजेलको समेत उपस्थिति रहेको थियो । गणेश कुमार घिमिरे तथा राजन कोइरालाले प्रशिक्षण दिएको कार्यक्रमको संचालन पर्सा जिल्ला सचिव प्रमोद सहनी र स्वागत राम कुमार श्रेष्ठले गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =