बालचनपुरका विद्यार्थीले गरे रेडियो मधेश मसला एफएमको अवलोकन
खबर पालिका
२०७९ फागुन ८ गते १८:५६

रौतहट फाल्गुन ८,

रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत बालचनपुरमा रहेको एक संस्थागत विद्यालयका विद्यार्थीहरुले रेडियो मधेश मसला एफएमको स्थलगत अवलोकन भ्रमण गरेका छन् । बालचनपुरमा रहेको एभर ग्रिन माध्यमिक विद्यालयका कक्षा ५ का विद्यार्थीहरुको एक समूहले शिक्षकसित सोमवार रेडियोको स्थलगत अध्ययन अवलोकन भ्रमण गरेको हो ।

विद्यालयक शिक्षक उपेन्द्र मिश्रको नेतृत्वमा आएको विद्यार्थीको टोलीले गरुडास्थित वंशीराम जयसवाल अनाथालय तथा शिवनगरस्थित महादेव मन्दिरको पनि स्थलगत अवलोकन गरेका छन् । स्थलगत अवलोकन भ्रमणबाट बालबालिकामा व्यावहारिक सिकाइ हुने तथा नयाँ कुरा थाहा पाइने भएकाले एभर ग्रिनले विद्यार्थीलाई अवलोकन गराएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =