निर्धारित म्याद भन्दापछि अपलोड भएका फारम मान्य नहुने सूचनामा उल्लेख गरेको छ । शाखाले स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइलाई सहजीकरण गर्न अनुरोध गरेको छ ।
विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भराउन समावेशी शिक्षा शाखाको निर्देशन
फाल्गुन ९,
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, समावेशी शिक्षा शाखाले सामुदायिक विद्यालयहरुलाई विपन्न लक्षित छात्रवृत्तिका लागि फारम भर्न/भराउन निर्देशन दिएको छ ।
शाखाले आर्थिक वर्ष २०७९/०८० मा विपन्न लक्षित छात्रवृत्तिका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पीएमटी फारम भर्न तथा सम्बन्धित विद्यालयहरुले भराउन निर्देशन दिएको छ ।
शाखाले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ को प्रक्रिया पुर्याई फारम भराउन अनुरोध गरेको छ ।
शाखाको अनुसार पीएमटी फारम फागुन १० गतेदेखि चैत ९ गतेभित्र विद्यार्थीलाई भराउन र चैत मसान्तभित्र विद्यालयले अपलोड गरिसक्नुपर्ने जनाएको छ।
Facebook Comment